नेसनल कंक्रिट उद्योगको उत्पादन बजारमा

नेसनल कंक्रिटले आफ्नो उत्पादन बजारमा ल्याएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा उद्योग स्थापना गरी कंक्रिट उत्पादन गर्दै आएको छ ।आईएसओ ९००१/२०१५ प्राप्त सो उद्योगले क्रर्भ स्टोन (बाटोको लेन छुट्याउन प्रयोग गरिने) इन्टरलक पेभर (मोजाक टाइल, रेक्टो वेवर, हेक्स पेवर, युनिपेवर, स्वायर टायल, व्लक) कंक्रिट इट्टा उत्पादन गर्दै आएको छ । विगत एक वर्ष […]

सम्बन्धित सामग्री

उद्योगको क्षमता उपयोग घट्यो

काठमाडौं  । आर्थिक गतिविधिमा कमी आइरहेका बेला उद्योगहरूको क्षमता उपयोग पनि घटेको पाइएको छ । कोभिड–१९ महामारी, रूस–युक्रेन तनावका कारण देखिएको उच्च महँगी र वित्तीय क्षेत्रमा तरलता अभावसँगै आर्थिक गतिविधिमा कमी आउँदा उद्योगको क्षमता उपयोगमा प्रभाव परेको हो । नेपाल राष्ट्र बैैंकले गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनले चालू आर्थिक वर्ष (आव) को पुससम्ममा उद्योगहरूको औसत क्षमतामध्ये ४३ दशमलव शून्य ७ प्रतिशतमात्र उपयोगमा रहेको देखाएको छ । गत आवको यही अवधिमा उद्योगहरूको औसत क्षमता उपयोग ४८ दशमलव ३ प्रतिशत थियो । राष्ट्र बैंकले ७ ओटै प्रदेशका १५४ उद्योगलाई समेटेर गरेको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । सर्वेक्षणमा समेटिएका उद्योगमध्ये बिजुली उद्योगको क्षमता उपयोग ९३ दशमलव १९ प्रतिशत, चकलेट उद्योगको क्षमता उपयोग ८५ दशमलव ५९ प्रतिशत र प्रशोधित चिया उद्योगको क्षमता उपयोग ८५ दशमलव ३९ प्रतिशत रहेको पाइएको छ । अध्ययनले समेटेका उद्योगमध्ये वनस्पति घिउ, तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चाउचाउ, मदिरा, हल्का पेय पदार्थ, सिन्थेटिक कपडा, प्रशोधित छाला, रंग, ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, लिक्विड, साबुन, प्लास्टिकका सामान, सिमेन्ट, कंक्रिट, फलामको छड तथा पत्ती, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबुल, टायर तथा ट्युब, छाला र कपडाको जुत्ता उद्योगको क्षमता उपयोग बढेको छ । यस्तै प्रशोधित दूध, चिनी, चकलेट, प्रशोधित चिया, बियर, चुरोट, धागो, पस्मिना, गार्मेन्ट, जुटका सामान, कच्चा छाला, चिरेको काठ, कागज, रोजिन, ड्राइ सिरप, इँटा, स्टीलबाट उत्पादन हुने वस्तु, जीआई तार, जीआई पाइप, घरेलु धातुका सामान र चप्पलको क्षमता उपयोग घटेको छ । प्रादेशिक आधारमा भने कर्णाली प्रदेशका उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ५१ दशमलव ९ प्रतिशत र मधेशका उद्योगको क्षमता उपयोग सबैभन्दा कम ३४ दशमलव १ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा औंल्याइएको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले आयातित कच्चा पदार्थमा आधारित उद्योगको लागत बढ्दा उद्योगहरूको क्षमता उपयोग घटेको पाइएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताए । यसैगरी औद्योगिक असुरक्षा, असहज श्रम सम्बन्ध, प्रविधि ग्रहण गर्ने क्षमताको कमी, न्यून उत्पादकत्व, निर्यातयोग्य वस्तुमा विविधीकरणको कमीलगायत समस्याले पनि उद्योगको विकास हुन नसकेको अध्ययनले देखाएको उनको भनाइ छ । तर, कतिपय प्रदेशको औद्योगिक क्षेत्रमैत्री नीति र यातायात पूर्वाधारलगायत विकासले उद्योगको क्षमता बढ्दै गएको पाइएको छ ।  द्योगिक कर्जा पनि घट्यो गत आवमा बैंकहरूबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा पनि घटेको छ । २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा बैंक, वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६ दशमलव ९ प्रतिशतले घटेर १३ खर्ब ४३ अर्ब ३७ करोड कायम भएको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा १९ दशमलव ४ प्रतिशतले बढेको थियो ।  कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २७ दशमलव ९ प्रतिशत छ । औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा १ दशमलव ३, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २० दशमलव १, गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३९ दशमलव ६, निर्माणसम्बन्धी उद्योगमा १३, विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा २० र धातुका उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ६ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

आठौं ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ हुँदै

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले आठौं संस्करणको ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ फागुन ११ देखि १४ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएका छन् । एक्स्पोको इभेन्ट नाम ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ एण्ड इन्भेस्टमेन्ट एक्स्पो, नेपाल हेभी इक्वीपमेन्ट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ रहेको छ ।   प्रदर्शनीमा विभिन्न देशका ख्यातिप्राप्त ब्राण्डका २०० भन्दा बढी स्टल रहनेछन् । निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ प्रविधिको बारेमा जानकारी गराउन प्रदर्शनी कोसेढुंगा सावित हुने आयोजकको भनाइ छ । प्रदर्शनीका स्टलमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, प्रि–फ्याब संरचना, यूपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, यूपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइप, टाइल तथा सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिङ उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदिको सहभागिता रहने बताइएको छ । प्रदर्शनीमा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघ र नेपाल क्रसर तथा खानी उद्योग महासंघ सहयोगी संस्थाको भूमिकामा छन् । प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने विश्वास राखेको आयोजकको भनाइ छ । आयोजकका अनुसार प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहनेछ । नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउन तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन प्रदर्शनी सहयोगी बन्ने आयोजकको अपेक्षा छ । नेपालमा उपलब्ध सामग्री तथा प्रविधिलाई विदेशी संस्थाको सामु देखाउन र नेपालमा निर्माणसम्बन्धी कार्यमा भएका प्रयोगलाई अन्तरराष्ट्रिय बजारमा चिनाउन प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको भनाइ छ ।

गुणस्तर निर्माण सामग्री : बलियो भवनको भरपर्दो आधार

काठमाडौं । कंक्रिट (पक्की) भवन निर्माणमा निर्माण सामग्रीको ठूलो भूमिका हुन्छ । भवन निर्माण खर्चको ठूलो हिस्सा निर्माण सामग्रीमै लाग्छ । निर्माण सामग्री नै पक्की भवनको मेरुदण्ड हो । भवन निर्माणमा निर्माण सामग्री पहिलो आधार भएकाले यसको गुणस्तरमा बेपर्वाह भने गर्नुहुन्न । गुणस्तरमा खेलवाड गर्दा घर निर्माण अपरिपक्व हुन सक्छ । यो भनाइलाई पुष्टि गर्न चिनियाँ  उद्योगीको उत्पादन विधिलाई बुझ्नु जरुरी छ । चिनियाँ एकैखाले कच्चा सामग्रीबाट १ सयदेखि लाखौं मूल्य पर्ने वस्तु उत्पादन गर्न सक्छन् । सामान एउटै, कच्चा पदार्थ एउटै, बनाउने मिस्त्री र मेसिन एउटै भए पनि गुणस्तर फरक हुन्छ । एउटै वस्तुमा गुणस्तर र त्यसको प्रयोग फरक कसरी हुन्छ भन्दा चिनियाँ  वस्तु उत्पादन तरिकाबाट जान्न सकिन्छ । भवन निर्माणमा पनि यही नियम लागू हुन्छ । पक्की भवन निर्माणमा प्रयोग गरिने सामग्री सिमेन्ट, डन्डी, इँटा, बालुवा, गिटी आदि प्रमुख हुन् । घर बलियो, कमजोर वा आयु लामो, छोटो बनाउने यिनै सामग्रीको संयोजन वा मिश्रणबाट हुन्छ । यसलाई इन्जिनियरिङ भाषामा मेटेरियल कम्पोजिसन भन्ने गरिन्छ । सिमेन्ट सिमेन्ट एक प्रकारको वस्तु जमाउने गमजस्तै हो, जसलाई कन्स्ट्रक्सन कार्यमा प्रयोग गरिन्छ । यसले गिटी, बालुवालाई पानीमा घोलेर सेट गर्ने कार्य गर्दछ । चुनढुंगा, माटो, मार्ल, सेल, चक, बालुवा, क्लिंकर आदिको रासायनिक संयोजनमार्फत सिमेन्ट बन्छ । सिमेन्ट ओपिसी (अर्डिनरी पोर्टल सिमेन्ट), पीपीसी (पोर्टल्यान्ड पोजोलाना सिमेन्ट), पीएससी (पोर्टल्यान्ड स्ल्याग सिमेन्ट), सुपर ग्रेड सिमेन्ट, ह्वाइट सिमेन्ट, वाटर रिपेलेन्ट सिमेन्ट, सल्फेट रेसिस्टेन्ट, लो हिट सिमेन्ट, हाई आल्मुनियम सिमेन्ट, हाइड्रोलिक सिमेन्ट, र्‍यापिड हार्डनिङ सिमेन्ट, एक्सपेन्सिभ सिमेन्ट, एयर इन्ट्रेनिङ सिमेन्ट आदि छन् । नेपालमा ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन हुने गर्दछ । यो भनेको सिमेन्टको ग्रेड हो । जति राम्रो र उच्च ग्रेड, त्यति नै राम्रो र बलियो मानिन्छ सिमेन्ट । साधारणतया ३३ ग्रेडको सिमेन्ट तयार हुन २८ दिन लाग्छ । उच्च ग्रेडको सिमेन्ट सेट भने छिटो हुन्छ । छिटो सेट हुने उच्च ग्रेडको सिमेन्ट, जुन पुल, ड्याम आदि निर्माणमा उपयुक्त हुन्छ । विशेषगरी घर बनाउन ओपीसी सिमेन्ट प्रयोग हुन्छ, जुन नेपाली बजारमा ३३, ४३ र ५३ ग्रेडमा उपलब्ध छ । स्वभावैले बलियो र उच्च गुणस्तर निर्माणका लागि ५३ ग्रेडको सिमेन्ट प्रयोग गर्नु उपयुक्त मानिन्छ । डन्डी भवन बलियो र टिकाउ बनाउन डन्डीको प्रयोग हुन्छ । यसले कंक्रिटलाई बांधेर संरचनालाई सुरक्षित राख्न सहयोग पुर्‍याउँछ । उच्च कार्बनयुक्त डन्डीमा अत्यधिक टन्साइल हुन्छ । यसले डन्डीलाई बलियो बनाउँछ । भवन निर्माणका लागि सबभन्दा राम्रो टीएमटी र टीएमएक्स स्टिललाई लिन सकिन्छ । बालुवा कन्स्ट्रक्सन क्षेत्रमा बालुवा एक अभिन्न अंग मानिन्छ । बालुवा विभिन्न ढुंगा, माटो तथा अन्य पदार्थको मिश्रणबाट बन्ने भएकाले यसको गुणस्तरमा एकरूपता पाइँदैन । भवन निर्माणमा सबभन्दा उच्च गुणस्तरको बालुवा खोलाको मानिन्छ । बालुवामा माटो र अन्य वस्तुको मिसावट ५ प्रतिशत प्रतिशतभन्दा बढी भए कम गुणस्तरको मानिन्छ । यसको गुणस्तर सिभ एनालाइसिस प्रविधि जाँचबाट थाहा पाउन सकिन्छ । गिटी भवन निर्माणमा प्रयोग गरिने गिटी स्टान्डर्ड साइजको हुनुपर्दछ । स्टान्डर्ड साइज भन्नाले साधरणतया ६ इन्चको कालो र बलियो ढुंगाबाट बनेको हुनुपर्छ । कंक्रिट राम्रो बन्न ठूलो साइजको गिटी पनि राम्रो मानिँदैन । त्यसमा सबै साइजको गिटी मिसिएको हुनुपर्छ । यसको गुणस्तर पनि सिभ एनालाइसिस प्रविधिबाट जाँच गरिन्छ । भवन निर्माणमा गुणस्तर सामग्री पहिलो सर्त हो । त्यसपछि अनुभवी एवं योग्य मिस्त्री र कामदार हुनु आवश्यक छ । इन्जिनियर तिलक बानियाका अनुसार भवन बलियो र टिकाउ बन्न गुणस्तर सामग्री मात्र भएर पुग्दैन, त्यसका लागि अनुभवी कामदार आवश्यक पर्दछ । एउटा पक्की भवनका लागि सिमेन्ट, बालुवा र गिटीको उचित मिश्रण नै पूर्ण आयुको ग्यारेन्टी हो । भवन निर्माणमा स्पष्ट मापदण्ड निर्धारण गरिएको  छ । जस्तो, प्लास्टर, छत ढलान, जग ढलान र वाल लगाउन प्रयोग गरिने सिमेन्ट र बालुवाको मात्रा तोकिएको हुन्छ । सो मापदण्ड पूरा भएर मात्र बलियो नहुने ०७२ सालको भूकम्पबाट प्रस्ट हुन्छ । भवन छिटो र कम खर्चमा बनाउने गलत कार्यको उपज नै कमजोर संरचना ठडिरहेका छन्, जुन मानव जातिकै धराप बनिरहेका त छैनन् भन्ने प्रश्न खडा गरिदिएको छ । यसबाट मुक्ति पाउने एक मात्र भरपर्दो र उपयुक्त माध्यम भनेको गुणस्तरयुक्त निर्माण सामग्रीको उचित प्रयोग, अनुभवी र दक्ष कामदारबाट काम लिनु हो ।