काठमाडौं । अब उप्रान्त सेयर राइडिङ्ग ‘पठाओ’ प्रयोगकर्ता राइडर र प्यासेन्जर दुबैको दुर्घटना वीमा हुने भएको छ । हालसम्म सुरक्षा प्रत्याभूतिको सवालमा सडक दुर्घटनाको कुनैपनि जिम्मेवारी नलिएको कम्पनीले पहिलो पटक आफ्ना राइडर कर्मचारी र यात्रु दुबैको सुरक्षाको ग्यारेन्टी गरेको हो । दुर्घटना वीमाबारे रातोपाटीलाई जानकारी दिँदै पठाओका सञ्चालक अशिमसिंह बस्नेतले नेपालमै पहिलो पटक कम्पनीले सेयर राइडिङ्गमा दुर्घटना वीमाको ग्यारेन्टी लिएको दाबी गरे । ‘पठाओले पहिलो पटक यात्रु र राइडर दुबै