हिउँ खेल्न गएका दुई किशोर ११ दिनपछि मृत भेटिए

हिउँ खेल्न जाँदा सम्पर्कविहीन भएका दुई किशोर ११ औं दिनमा मृत भेटिएका छन् । माघ २० गते हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–२ का १६ वर्षीय करण घले र वडा नम्वर १ का १६ वर्षीय साइँला भन्ने सञ्जय घले बेपत्ता बनेका थिए ।

सम्बन्धित सामग्री

‘हिउँ खेल्न’ लाप्राक गएका दुई किशाेर ११ दिनपछि खाेँचमा मृत भेटिए

गाेरखा – गएकाे ११ दिनदेखि हराइरहेका गोरखाको बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय घले मृत भेटिएका हुन् । उनीहरू आज आइतवार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँमा खोँचमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो । घटनास्थलको अवस्था हेर्दा उनीहरू हिउँ परेको समयमा डाँडाबाट लडेर खोँचमा पुगी ज्यान गएकाे हुन सक्ने अनुमान गरिएको उहाँको ...