काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आठौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने व्यवस्था गरेको छ । शनिबार पारित माओवादीको नयाँ विधानअनुसार खुला क्षेत्रबाट ५० प्रतिशत र समानुपातिक समावेशी क्लस्टरबाट ५० प्रतिशत केन्द्रीय समिति सदस्य चयन गर्ने व्यवस्था गरेको हो । कूल ५० प्रतिशत समानुपातिकमा खसआर्य, मुस्लिम, थारु, मधेसी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ ।केन्द्रीय समितिमा सबै क्लस्टर