काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भिभिआइपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताएका छन्।शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भिभिआइपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएका हुन्।कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको बताए। उनले अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खाली नगर्न