तिहार र छठको अवसरमा नेपाल टेलिकमको नयाँ अफर

नेपाल टेलिकमले तिहार, छठ तथा म्हपूजाका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराएको छ । उक्त अफरहरू कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध भएका छन् ।  डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध भएको छ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न...

सम्बन्धित सामग्री

टेलिकमको तिहार अफर: डाटा र भ्वाइस प्याकमा सुविधा, रिचार्ज गर्दा बोनस

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु यी पर्वहरुका अवसरमा कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टी (volte) सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क Voice Over LTE -VoLTE)  सेवा पनि उपलब्ध गराइएको छ ।उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415#  डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।

चाड-पर्व विशेष अफरमा नमस्ते भर्सेस एनसेल

हरेक वर्ष दशैं, तिहार तथा छठजस्ता पर्व लक्षित अफर ल्याउन  नेपालका दुई ठूला दुरसञ्चार (टेलिकम्युनिकेशन) सेवा प्रदायक नेपाल टेलिकम र आजियाटाबीच प्रतिष्पर्धा हुने गरेको छ । नेपाल टेलिकमले नमस्ते र अजियाटाले एनसेल ब्राण्ड नाममा सेवा प्रदान गर्दै आएका छन् । यो वर्ष पनि यी दुई दुरसञ्चार सेवा प्रदायकले प्रतिस्पर्धी अफर ल्याएका छन् । सरकारी–सार्वजनिक स्वामित्वमा रहेको नेपाल टेलिकम र निजी दुरसञ्चार कम्पनी एनसेलले दशैं तिहारकै अवसरमा आ–आफ्ना ग्राहकमाझ भ्वाइस कल, इन्टरनेट तथा विविध दु

‘सजिलो पे’ को चाडपर्व अफर, रिचार्जमा ४ प्रतिशत क्यासब्याक

मोबाइल वालेट कम्पनी ‘सजिलो पे’ ले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै मोबाइल टपअपमा आकर्षण छुटको अफर ल्याएको छ । यस अफरअन्तर्गत सेवाग्राहीले नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको नम्बरमा सजिलो पेमार्फत टपअप गर्दा चार प्रतिशत क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । बुधबारदेखि सुरु भएको यो अफर एक महिनासम्म चल्ने छ । यो अफर वालेटका […]