काठमाडौं, चैत १० । पूर्व राजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन् । पत्नी कोमलका साथ राहदानी विभाग त्रिपुरेश्वर पुगेका शाहले सर्वसाधारणसरह लाइनबाटै सेवा लिएका हुन्। राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरूले पूर्व राजासँग तस्बिर खिचेका थिए ।
धनगढी : पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार धनगढी आइपुगेका छन्।भोलि (सोमबार) धनगढीमा हुने नागरिक अभिनन्दनमा सहभागी हुन पूर्व राजा शाह धनगढी आइपुगेका हुन्। उनीसँग पूर्व युवराज पारस शाह र कोमलबाहेक राज परिवारका सबै सदस्य धनगढी आएका छन्।भोलि दिउँसो धनगढीको कभर्ड हलमा विशाल समारोहबीच उनको नागरिक अभिनन्दन गरिने तय भएको छ।
पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगन्ज आएका छन् । बागेश्वरी मन्दिरमा सोमबार हुँदै आएको महाआरतीमा सरिक हुन उनी शुक्रबार नेपालगन्ज आएका हुन् । उनलाई राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर...
काठमाडौं, २३ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ । पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको […]
काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार जन्मोत्सव मनाउँदै छन् । विशेष कार्यक्रम नभए पनि उनको ७५ औँ जन्मोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिले शुभकामना व्यक्त गरेका छन्। अभिनेत्री मनिषा कोइरालले ट्वीट मार्फत शाहलाई शुभकामना दिएकी छन्। उनले लेखेकी छन्, ‘ श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवको ७५ औँ शुभजन्मोत्सवको उपलक्ष्यमा मौसूफ सरकारको सुख, शान्ति, […]
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वास्थ्यपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १९ दिनदेखि अस्पताल भर्ना भएका पूर्व राजाको स्वास्थ्य सामान्य बनेपछि बुधवार राति ८ बजे उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीसँगै कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना गरिएकी पूर्व रानी कोमल शाह भने अझै अस्पतालमै छन्। उनको […]