काठमाडौं। सल्यानको खारखोलामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु र २२ जना घाइते भएका छन्।दीपावली सकिएसँगै मिथिला क्षेत्रमा छठपर्वको तयारी सुरु भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन लोकतन्त्रका भक्षक भएका आरोप लगाएका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजनीतिकमा नलागेका व्यक्तिलाई राजदूत बनाउनुपर्ने प्रस्ताव गरेका छन्। पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।