जनकपुरधाम : जलेश्वरस्थित महोत्तरी कारागारमा क्षमताभन्दा ३ गुणा बढी थुनुवा राखिँदा कैदीबन्दीहरूलाई समस्या परेको छ। यो धनुषा र महोत्तरीको संयुक्त कारागार हो।खान, बस्न, सुत्न र शौच लगायतको समस्या हुने गरेको कैदीबन्दीहरूले गुनासो गरेका छन्। वि.सं. १९१३ मा निर्मित यो कारागार जीर्ण भइसकेको छ।कारागार भवनको क्षमता १३५ रहेकोमा हाल ५६१ कैदी/थुनुवा रहेका छन् भने दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको छ।कारागारमा अहिले २०५ पुरुष र १६ महिला सहित २२१ मात