काठमाण्डाै - काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आज एक कार्यक्रम आयोजना गरेर पुनः काठमाण्डाै उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाइएको हो ।
काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाण्डाै महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो ।
ट्राफिक स्वयम्सेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र ...