प्रधानमन्त्री शेरबहादुर देउवाले अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मुख्य दायित्व भएको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले अपराध अनुसन्धान गर्दा कसैको दवावमा नपर्न निर्देशन दिए ।सोमबार आयोजित समारोहमा प्रधानमन्त्री देउवाले भने– ‘कसैको दवाब र प्रभावमा नपरी अपराध नियन्त्रण र अनुसन्धानको दायित्व पुरा गर्न सकल दर्जालाई निर्देशन दिन चाहन्छु ।’ प्रधानमन्त्री देउवाले मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्