काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ । लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार सम्पन्न बैठकले महतोको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीको धनुषा अध्यक्ष परमेश्वर साहले जानकारी दिनुभयो । बैठकले सर्वसम्मतबाट महतोको एकल नाम सिफारिस […]