नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत खुलातर्फ महिला सदस्यमा निर्वाचन नहुने भएको छ । ५३ सिटका लागि ५४ जनाको उम्मेदवारी परेकोमा अन्तिम समयमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिने भएकी छन् ।गहतराजले सर्वसम्मतिमै नेतृत्व चयन होस् भनेर आफूले त्याग गरेको बताइन् । उनले पद, प्रतिष्ठा भनेको पछि पनि प्राप्त हुन सक्ने जनाउँदै पार्टी एकताका लागि सन्देश दिन आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताइन् ।उनले उम्मेदवारी फिर्ता लिने निर्णयसँगै तत्कालै आवश्यक प्रक्रिया पूरा गर्नेसमेत जानकारी दिइन् ।