विगत १० वर्षको तथ्याङ्कमा नेपालमा महिला हिंसा बढेको देखिएको छ । यस अवधिमा १७ हजार ७८० महिला तथा बालिका बलात्कृत भएका छन् । नेपालमा प्रत्येक वर्ष औसत २० प्रतिशतका दरले बलात्कारका घटना बढेको देखिएको छ ।
नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा दुई हजार १४४ वटा बलात्कार र ६८७ वटा बलात्कार प्रयासका घटनाको उजुरी दर्ता भएको देखिन्छ । कोरोना महामारीको समयमा २०७६ चैतदेखि २०७७ भदौसम्म देशभर एकहजार २२१ जना माथि बलात्कार भएको छ । औसत दैनिक सात जना महिला बलात्कृत भएका छन् ।