काठमाण्डौ – बारा क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी जसपाका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
यादवले १३ हजार आठ सय २२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी निकटतम माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ ।
उहाँहरु बीच तीन सय ५४ मतान्तर रहेको छ । स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो हुनुभएको छ ।