काठमाडौं : संवैधानिक इजलासमा सुनुवाई सुरु भएलगत्तै ११ जना न्यायाधीशमाथि 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'को प्रश्न उठाउँदै थप तीन जनाले निवेदन दर्ता गराएका छन्। शुक्रवार राजाराम घिमिरेले दर्ता गराएको निवेदनमाथि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजको इजलासले हेर्ने आदेश दिएका थिए। त्यसै अनुसार दीपक मिश्र, कृष्णप्रसाद भण्डारी र यज्ञमणि न्यौपानेले स्वार्थ बाझिएका…