रकम फिर्ताको माग गर्दै बचतकर्ता आन्दोलित

आफूले बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू आन्दोलित भएका छन् ।

सम्बन्धित सामग्री

सुप्रिम सहकारीपीडित फेरि आन्दोलनमा

सहकारीमा डुबेको बचत फिर्ताको सुनिश्चितता नभएको र बचत अपचलन गर्नेहरूमाथि सरकारले अनुसन्धान नगरेको भन्दै बुटवलको सुप्रिम सहकारीका बचतकर्ता फेरि आन्दोलित भएका छन् । बचतकर्ताको रकम हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न, सुप्रिमबाट संस्थागत रूपमा रकम लगिएको गोर्खा मिडिया नेटवर्क र व्यक्तिगत रूपमा रकम लग्ने रवि लामिछानेको कारोबारमाथि छानबिन गर्न माग गर्दै पीडितहरू आन्दोलनमा उत्रिएका हुन् ।

बुटवलका सहकारीपीडित आन्दोलित

आफ्नो निक्षेप फिर्ताको माग गर्दै मंगलबार बुटवल प्रदर्शनमा उत्रिएका सुप्रिम सहकारीका बचतकर्ता । प्रदर्शनमा

रकम फिर्ताको माग गर्दै बचतकर्ता आन्दोलित

कैलाली । कैलालीमा रकम फिर्ता गर्न माग गर्दै शिव शिखर बहुउद्देश्यीय संस्था धनगढी शाखाका बचतकर्ता आन्दोलित भएका छन् । संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै संर्घष समिति गठन गरेर पीडितहरु आन्दोलित भएका हुन् । पटक/पटक रकम फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरेको पीडितले बताएका छन् । शिव शिखर बहुद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष […]

सुनसरीको एक सहकारीका सञ्चालकले पैसा लिएर भागेको भन्दै बचतकर्ता आन्दोलित

काठमाडौं।सुनसरीमा रहेको एक सहकारी संस्थाका सञ्चालक ४०लाख रुपैयाँभन्दा बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ।भाण्टाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक पैसा लिएर फरार भएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिएका छन्।४ वर्ष बित्दासमेत बचत गरेको रकम सहकारीबाट फिर्ता नपाएको भन्दै बचतकर्ताहरु आन्दोलनमा उत्रिएका हुन्।रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा धाउँदै हैरान भएपछि सडक आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन्।

पैसा फिर्ताको माग गर्दै बराह सहकारीका बचतकर्ता आन्दोलित

बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचतकर्ताहरूले बराहमा नगद भुक्तानीको माग गर्दै घेराउ गरेका छन् । बराह गु्रपले सञ्चालन गरेको सहकारीले बचतकर्तालाई चैत १ गते एक सूचना जारी गरी चैत २२ गतेदेखि बचतकर्तालाई नगद भुक्तानी गर्ने भनेको थियो । सूचनाअनुसार बराह कम्प्लेक्समा मंगलबार ठूलो सङ्ख्यामा बचतकर्ताको भिड लागेको थियो । सूचनाअनुसार भुक्तानी नहुँदा बचतकर्ताहरू आक्रोसित भएका हुन् ।

बचतकर्ता आन्दोलनमा, ऋणी सम्पर्कविहीन

समस्याग्रस्त ओरेन्टल सहकारीका बचतकर्ता पैसा फिर्ताको माग गर्दै आन्दोलित भए पनि ऋणीहरू भने सम्पर्कविहीन भएका छन् । संस्था समस्याग्रस्त भएपछि ऋण तिर्नु छाडेका उनीहरूलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ताकेता गरेपनि सम्पर्कमा नआएका हुन् । व्यवस्थापन समितिले पुस १९ गते सार्वजनिक सूचनामार्फत् ऋण तिर्न अनुरोध गरेको थियो । ऋण तिर्नका लागि ३५ दिने समयसीमा दिए पनि फागुनसम्ममा १५ जना ऋणीले ७५ लाख रुपैयाँ चुक्ता गरेका छन् ।