काठमाडौं। नेपालको प्रधानमन्त्रीमा नियुक्त भई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा जापानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले देउवालाई बधाई दिँदै नेपाल र जापानबीचको सम्बन्ध अद्धितीय रहेकोसमेत बताएका हुन्। उनले सन् २०२० मा नेपाल र जापानबीच विद्यार्थी आदानप्रदान कार्यक्रमको १२० औं वर्ष पुग्ने पनि स्मरण गराएका छन्।