काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताएका छन्। आज नेपाल–बङ्गलादेश मैत्री सङ्घले काठमाडौँमा आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रममा उनले नेपाल–बङलादेशको सम्बन्ध परापूर्वकालदेखिको रहेकाले हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताए।उनले भने, “हामी बीचमा श्रमको आदान प्रादन हुनुपर्छ, राजनीतिक हिसाबले उतार चढाव भए प