पाँच वर्ष अगाडिसम्म गाउँमा ४० घर परिवार रहेका थिए । अहिले १५ परिवार मात्रै छन् । 'मान्छेले सेवा सुविधा खोज्दै गए, गाउँ रित्तियो, यहाँ पनि पनि सहर बजारको जति सेवा सुविधा हुन्थ्यो भने बसाइँसराइ रोक्न सकिन्थ्यो, अहिले यहाँ भएका पनि विस्तारै बजार झर्ने तयारीमा छन्', स्थानीय शिक्षक केयरसिंह थापाले भने ।