सुनसान गाउँ। जीर्ण घर। बनमाराले ढाकेका बाटाघाटा। घाँस उम्रेका खेतीयोग्य जमिन।एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ अहिले उराठलाग्दो बनेको छ। बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ। कोही बिरामी पर्यो भने अस्पतालसम्म पुर्याउने मान्छेसमेत गाउँमा छैनन्। भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँ रित्तो बन्दै गएको हो।यो गाउँका अधिकांश युवा विदेशिएका छन्। विदेश नगएकाहरु परिवार लिएर बजार झरे। यहाँका धेरै युवा जापानमा छन्। केही युर