अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, भारत पनि बाहिरियो

काठमाण्डाै – अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । यूएईको आबुधाबीमा अफगानिस्तानले  दिएको एक सय २५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बलअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । उसका लागि मार्टिन गुप्टिलले २८ र ड्यारेल मिचेलले १७ रन बनाए । केन विलियम्सनले ४० र डेवन कनवेले नटआउट ३६ रन बनाए ।   यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा आठ विकेट गुमाएर एक सय २४ रन बनायो । उसका नजिबुल्लाह जदरानले ४८ बलमा ३ छक्का र च...

सम्बन्धित सामग्री

टेस्ट क्रिकेट वरीयताको शीर्षस्थानबाट बाहिरियो भारत

काठमाडौं – अस्ट्रेलिया आईसीसी टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो । आईसीसीको पछिल्लो वरीयतामा भारत दोस्रो स्थानमा छ । टेस्ट क्रिकेटको वरीयतामा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । एकदिवसीय र टी२० क्रिकेट वरीयताको शीर्ष स्थानमा […]

भारत समूह चरणबाटै बाहिरिनुका पाँच कारण

एजेन्सी – भारत आइसिसी टि२० विश्वकप २०२१ मा अप्रत्याशित रुपमा समूह चरणबाटै बाहिरियो । प्रतियोगिता सुरुहुनु अघि उपाधिको प्रमुख दाबेदार मानिएको भारत सुपर १२ को समूह २ बाट तेस्रो स्थानमा अन्त्य गर्दै पाकिस्तान र न्युजिल्यान्ड भन्दा पछि रहेर बाहिरिएको हो । भारतलाई पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटको हारनै ठूलो […]

भारत एक खेल पहिल्यै टि–२० विश्वकपको समूह चरणबाटै बाहिरियो

विश्व क्रिकेटको पावर हाउस मानिने भारत आइसिसी टि–२० विश्वकपको १ खेल अगाडी नै समूह चरणबाटै बाहिरिएको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि भारतको झिनो अंक गणीतिय सम्भावना पनि सकिएको हो ।भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्ने थियो । तर, न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै सानदार जित निकालेपछि भारतको अघिल्लो चरणको अंक गणीतिय सम्भावना टरेको हो । अफगानिस्तानले प्रस्तुत गरेको १२५ रनको सामान्य विजयी लक्ष्य न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक हुनेछ । जसको कारण समूह चरणबाटै बाहिरिएको हो । पाकिस्तान यस अघि नै ४ खेलमा ४ मा नै जितका साथ सेमिफाइनलमा पुगेको थियो ।टि–२० विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ । यसअघि नै सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक मात्रै हुने भएकाले समूह चरणबाटै बाहिरिएको हो । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने करिब करिब निश्चित नै थियो ।टि–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले समूह २ को उपविजेतासँग खेल्नेछ । अष्ट्रेलियाले समूह २ को विजेतासँग खेल्नेछ । सेमिफाइनल बुधबार र बिहीबार हुनेछ । फाइनल आइतबार हुनेछ ।

न्युजिल्यान्ड सेमिफाइनलमा, भारत विश्व कपबाट बाहिरियो

काठमाडौं । न्युजिल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सुपर-१२ को समूह-२ मा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । न्युजिल्यान्डको यस जितसँगै उपाधि दाबेदार मानिएको भारत भने विश्व कपको समूह चरणबाटै बाहिरिएको छ । लगातार चार खेल जित्दै समूह-२ बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । न्युजिल्यान्डले […]

भारत टी-२० विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश

काठमाडौं, २१ कार्तिक । भारत युएईमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आज (आईतबार) युएईको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश गरेको हो । यसअघि पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो। अफगानिस्ताले […]

भारत टी-२० विश्वकपबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

एजेन्सी । न्युजिल्यान्ड आईसीसी विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । आबुधाबीको शेख जायद स्टेडियमा भएको खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८ दशमलब १ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा […]

न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

काठमाडौँ - न्युजिल्यान्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार अफगानिस्‍तानलाई आठ विकेटले हराउँदै न्युजिल्याण्‍ड सेमिफाइनलमा स्‍थान बनाउन सफल भएको हो । आबुधावीमा भएको खेलमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्‍य न्युजिल्‍याण्‍डले १८.१ ओभरमा दुई विकेट गुमाएर पुरा गर्‍यो । न्युजिल्य…