काठमाडौं : चार वर्षपछि पुुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ। लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बीओपी) को रोहबरमा चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले २० फिट लम्बाइ र १० फिट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर जडान गरिएको जानकार