म्याग्दी : मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी साता सञ्चालनमा आउने भएको छ। गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गते नाका सञ्चालनमा आउने जानकारी आएसँगै स्थानीयमा खुशीयाली छाएको बताए।‘सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको तहबाट कोरला नाका सञ्चालन गर्न भएको कूटनीतिक पहल सफल भएको छ,’ उनले भने, ‘लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन्।’प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण