नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेर भएमा आफ्नो पार्टीलाई हैसियत अनुसारको सहभागिता चाहिने बताएका छन् । मंगलबार माओवादी केन्द्रको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीको हैसियत अनुसार मन्त्रिपरिषदमा भाग चाहिने बताए । यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनिसकेको उनको भनाइ थियो ।उनले मन्त्रीमण्डल हेरफेरको सम्भावना रहेको भन्दै