सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलालीमा स्क्रब टाइफसको संक्रमण बढेको छ ।
मुसा जातिमा पाइने एक प्रकारको परजीवी सुल्सुले किर्नाको टोकाइबाट सर्ने स्क्रब टाइफसबाट डडेल्धुरामा ४० र कैलालीमा ५ जना बिरामी भएका छन् । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कैलाली र डडेल्धुरामा ४५ जना उपचाररत रहेको जनाएको छ ।
स्क्रब टाइफसको संक्रमणबाट कैलालीमा एकजनाको मृत्यु भएको छ ।