नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले संसदीय दलको नेता र सचेतक चयन गर्नेछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको छ । बैठकले सङ्घीय सांसदबाट मासिक रु १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ । …