वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । शुक्रवार भएको निर्वाचनमा कार्यपालिकाका ८ सदस्यहरूमा जसपा र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन् ।जसमध्ये जसपाका ४ जना र काँग्रेसबाट ४ जना सदस्यहरु निर्वाचित भएका हुन् । महानगरको कार्यपालिकाको दलित र अल्पसंख्यक सदस्यमा गठबन्धनमा काँग्रेसबाट कन्हैया प्रसाद, जसपाका खैरुद्धिन मियाँ, धोबी र निरन्जन प्रसाद सोनार निर्वाचित भएका छन् । ५ महिला सदस्यमा पनि गठबन्धनबाट काँग्रेसकी कनिका कौशीक, नितु कुमार