निजीक्षेत्रलाई ५ जलविद्युत् आयोजना दिइने

काठमाडौं । सरकारले आफैले अध्ययन गरेको विभिन्न ५ जलविद्युत्् आयोजनालाई खुला प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण तथा सञ्चालन गर्न दिने भएको छ । सरकारले दुई चरणमा गरेर १६९ दशमलव ४२ मेगावाट क्षमताको ५ आयोजनालाई प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण गर्न दिने भएको हो । ऊर्जा मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजना–४ (४७ मेगावाट), संखुवाखोला जलविद्युत् आयोजना–१ (४०.८२ मेगावाट), तल्लो होङ्गु जलविद्युत् आयोजना (३०.२० मेगावाट), कवाडीखोला जलविद्युत् आयोजना (३० मेगावाट) र इङ्गु खोला जलविद्युत् आयोजना (२१.४० मेगावाट) प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई बनाउन दिने तयारी अगाडि बढाएको हो । यी सबै आयोजनाको अध्ययन विद्युत् विकास विभागले गरेको थियो । विभागले यी आयोजनाको अध्ययन विसं २०७५ देखि २०७७ भित्र सम्पन्न गरेको थियो । निर्माण गर्न निजीक्षेत्रलाई दिन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जानकारी दिए । प्रतिस्पर्धाबाट प्रवद्र्धक छनोट गर्न नमूना बोलपत्र कागजात (स्ट्यान्डर्ड बिड डकुमेन्ट) तयारी भइसकेको छ । अब त्यो मन्त्रालयले स्वीकृति गरेपछि विद्युत् विकास विभागले यस सम्बन्धमा प्रस्ताव आ≈वान गर्ने भेटवालको भनाइ छ । पहिलो चरणमा सोलुखुम्बुमा पर्ने दूधकोशी–४, संखुवाखोला–१, तल्लो होङ्गुखोला र इङ्गु खोला जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव आ≈वान गरिने उनले बताए । बाजुरा बन्ने कवाडीखोला जलविद्युत् आयोजनाको लागि भने दोस्रो चरणमा प्रस्ताव आ≈वान गरिने उनको भनाइ छ । ‘अन्य ४ आयोजना निजीक्षेत्रलाई निर्माण गर्न दिने गरी नमूना बोलपत्र कागजात (स्ट्यान्डर्ड बिड डकुमेन्ट) तयार भइसकेको छ । मन्त्रालयको स्वीकृतिपछि विद्युत् विकास विभागमार्फत प्रस्ताव आह्वान गरिनेछ,’ उनले भने, ‘तर, कवाडीखोला आयोजनाका लागि आवश्यक पर्ने प्रसारणलाइनलगायत पूर्वाधार तयार भइसकेको छैन । आवश्यक तयारी पूरा भएपछि त्यो आयोजना पनि निजीक्षेत्रलाई नै निर्माण गर्न दिनेछौं ।’ बोलपत्रका क्रममा मूल्यांकन गर्दा बढी नम्बर प्राप्त गर्ने कम्पनीलाई नै आयोजना निर्माण गर्न दिइने उनको भनाइ छ । दूधकोशी–४, संखुवाखोला–१, तल्लो होङ्गु र इङ्गु खोला जलविद्युत् आयोजनाको विद्युत् क्रमशः १३२ केभी लमाने सबस्टेशन, १३२ केभी तुम्लिङटार सबस्टेशन, १३२ केभी लमाने सबस्टेशन, र १३२ केभी लमाने सबस्टेशनमा जोडिनेछ । कवाडीखोला जलविद्युत् आयोजनाको बिजुली भने १३२ केभी मुगु कर्णाली हबमा जोडिनेछ । गतवर्ष भदौ ४ गते ती आयोजना प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण, सञ्चालन र हस्तान्तरण (बूट) अवधारणामा विकास गर्न दिने गरी सचिव स्तरबाट निर्णय भएको थियो । त्यसपछि गत कात्तिक २५ गते विभागका उपमहानिर्देशकको संयोजकत्वमा एक समिति बनाइएको थियो । गत फागुन १८ गते पनि यस विषयमा तत्कालीन ऊर्जा सचिव दिनेश घिमिरेको उपस्थितिमा छलफल गरिएको थियो । विभिन्न चरणको अध्ययन र छलफलपछि निजीक्षेत्रलाई नै उक्त आयोजनाहरू निर्माण गर्न दिन लागिएको हो । सरकारले यसअघि पनि विभिन्न आयोजना प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई दिँदै आएको थियो । माथिल्लो सोलु, माया खोला, सिंगटी खोला, खारे खोला, मेवा खोला तल्लो सोलु जलविद्युत् आयोजना प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई बनाउन दिइएको थियो ।

सम्बन्धित सामग्री

संरक्षण क्षेत्रभित्रै जलविद्युत् आयोजना

चामे- हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै एक सय ३५ मेगावट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय भएको आयोजनाका प्रबन्धक […]

दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

गोरखा, २९ भदौ । गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा. डम्बरबहादुर नेपालीले जानकारी दिए […]

कर्णालीका जलविद्युत् आयोजना : धेरै अध्ययनकै चरणमा

सुर्खेत, साउन ३। भेरी–१ मा लगानी गर्न गेजुवा तयार रहेको छ । कर्णाली प्रदेशमा २७० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । जाजरकोट र रुकुमको सिमानामा प्रस्तावित अर्धजलाशययुक्त भेरी–१ जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ निर्माण कम्पनी गेजुवा ग्रुपले उत्पादन अनुमति मागेको हो । उक्त कम्पनीले यसअघि आयोजनाको अध्ययन गरिसकेको छ […]

नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी

नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजना हो । उक्त आयोजनाको कुल उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ, नेपालमा सञ्चालित अन्य जलविद्युत् आयोजनाको क्षमता योभन्दा कम...

सिन्धुपाल्चोकमा बन्द भए लघु जलविद्युत् आयोजना

कुनै बेला सिन्धुपाल्चोकको हिमाली बस्तीका लागि वरदान साबित भएका लघु जलविद्युत् आयोजना बन्द भएका छन् । राष्ट्रिय प्रसारण लाइन पुगेपछि रु २५ लाखको लागतमा निर्माण गरिएको इन्द्रावती गाउँपालिका–३ कुञ्चोकमा रहेको २० किलोवाट क्षमताको झ्याँडीखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले १० वर्षदेखि बन्द गराएका छन् । आयोजनाको तार पोल स्थानीयले भागबण्डा गरेर राष्ट्रिय प्रसारण लाइनमा प्रयोग गरेको स्थानीय टङ्क गिरीले बताए ।पाँचपोखरी थाङपाल गाउँपालिका–८ थाङपालधापमा निर्मित जिल्लाकै पहिलो २७ किलोवाटको हाँड

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न कम्पनी दर्ता

सरकारले १२ सय मेगावाटको जलायशयुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न बुढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनी दर्ता गरेको छ।...

पहिरोबाट म्याग्दीका सात जलविद्युत् आयोजना प्रभावित

पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो । अर्बौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ । जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन् । जलविद्युत् …

पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित

रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो।...

पोतमारा जलविद्युत् आयोजना मर्मत गर्न माग

मान्म– कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–७ मा रहेको पाँचसय किलोवाटको साना जलविद्युत् आयोजना मर्मतका लागि गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ । उक्त गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले मन्त्रालयमा पुगेर विद्युत् सञ्चालनका लागि बजेट माग गरेका हुन् । जिल्लामा रहेको एकमात्र पाँच सय किलोवाटको पोतमारा लघु जलविद्युत् आयोजना अलपत्र अवस्थामा रहेकाले पुनःसञ्चालनमा ल्याउन उनले […]

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३।५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालेको हो । आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाक