काठमाडौँ– विदेशी लगानीका आयोजना, ती आयोजनामा कार्यरत विदेशी नागरिकलगायतबारे नकरात्मक टिप्पणी गरे कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाबारे, ती आयोजनामा कार्यरत विदेशी नागरिकबारे र उनीहरुको सम्पत्तिबारे धम्की आएको भन्दै त्यस्ता गतिविधि गर्नेमाथि कारबाही गरिने बताएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी […]