माओवादी केन्द्रले आज मन्त्रीहरुको नाम टुंगो लगाउने, ५ मन्त्रीका लागि झण्डै दुई दर्जन आकांक्षी

काठमाडौं । सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउन नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याउने बताईएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी हुनुभएको छ । बाँकी […]

सम्बन्धित सामग्री

अलमलमा माओवादीको प्रदेश अधिवेशन : न सहमति, न चुनाव !

नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशले झण्डै २ हप्ता बित्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । प्रदेश समितिका ९ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखिएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो ।  पदाधिकारीमध्ये अध्यक्षमा मात्रै ७ जनाले दाबी पेश गरेका छन् । ३ जना उपाध्यक्षका लागि दर्जन बढी दाबी रहेको छ । १ जना सचिवका लागि आधा दर्जनको दाबी रहेको छ ।   प्रदेश समितिको दोस्रो बैठक बुधवार बस्दैछ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । १ नम्बर प्रद...