निषेधाज्ञामा ३७ महिला तथा बालबालिका हिंसाका घटना

चितवन। कोभिड–१९ को संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा चितवनमा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाकाअनुसार निषेधाज्ञाको समयमा१५ जना महिलाले आत्महत्या गरेका छन्। घरेलु हिंसाका घटना १३वटा, जबरजस्ती करणीका ३, जबरजस्तीकरणी उद्योगका२, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्तीकरणी र बहुविवाहका१/१ वटा मुद्दा दर्ता भएका छन्।रासस

सम्बन्धित सामग्री

२०७८ मा महिला तथा बालबालिका हिंसा : उत्कर्षमा पल प्रकरण

महिला हिंसाको चर्चा गर्दा यस वर्ष सबैभन्दा अधिक चर्चित घटनामध्ये एक हो पल प्रकरण । सेलिब्रेटी भएका कारणले पनि यो घटनाको चर्चामा रह्यो । एक नाबालिगले आफूलाई विवाहको प्रलोभन देखाई पटक पटक जबरजस्ती करणी गरेको अभियोग उनलाई छ । कानुनले १८ वर्षभन्दा कम उमेरलाई नाबालिग मानेको छ । नाबालिगको सहमतिमै भएको यौनसम्बन्धलाई पनि कानुनले बर्जित गरेको अवस्थामा अभिनेताले प्रलोभनमा पारेर सम्बन्ध बनाए । यस प्रकरणमा हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।त्यस्तै, अर्को कहालीलाग्दो घटना मोरङमा एक १८ महिने नाबालिकाको बलात

गृह मन्त्रालयको निचोड : रक्सीकै कारण जबर्जस्ती करणी बढ्यो

२६ असोज, काठमाडौं । गृह मन्त्रालयले महिला तथा बालबालिकामाथिको हिंसाको मुख्य कारण मदिरा सेवनलाई औंल्याएको छ । शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रममा सहसचिव नारायणप्रसाद दुवाडीले मदिराका कारण जबर्जस्ती …

रोकिएनन् हिमालपारी महिला तथा बालबालिका हिंसा

करीब १३ हजार जनसंख्या मात्र भएको हिमालपारी मुस्ताङमा घरेलु महिला तथा बालबालिका हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएको महिला तथा बालबालिका कार्यालय मुस्ताङले जनाएको छ। गैरजिल्लाबाट विभिन्न काम गर्ने प्रयोजनमा मुस्ताङ आएका समुदाय र दलित समुदायको बस्तीबीचनै हिंसा मौलाउँदै गएको कार्यालयले जनाएको हो। हिंसाको बढेपनि पीडित भने कानूनी पहुँचसम्म पुग्न नसकेको कार्यालयले जनाएको छ। गतवर्ष…