मधेश प्रदेशमै विलिन भए मधेशवादी दल, एमाले पहिलो, कांग्रेस दोस्रो

मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सकिएसँगै मधेशमा मधेशवादी दल नै विलिन जस्तै हुन पुगेका छन् । प्रदेशमा नेकपा एमाले प्रतिनिधिसभाका लागि नौ र प्रदेशसभाका लागि १५ स्थानमा विजयी भएर पहिलो पार्टी बनेको छ । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती …

सम्बन्धित सामग्री

सत्ता साझेदारीका लागि प्रधानमन्त्रीसँग जसपाका तीन सर्त

काठमाडौं । मधेशवादी दल जनता समाजवादी पार्टीले सत्ता साझेदारी खोजेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीनवटा सर्त राखेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेसँग भएको छलफलमा जसपा नेताहरुले तीन सर्त अघि सारेका हुन् । बिहीवार साँझ झन्डै तीन घण्टा भएको छ्लफलमा जसपाले थुनामा रहेका रेशम चौधरीको रिहाइ, मधेश र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेको मुद्दा खारेज र संविधान संशोधन हुनुपर्ने पुरानै माग दोहोर्याएको हो । छलफलपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले पुरानै माग अघि सारेको र प्रधानमन्त्रीले छलफल गर्न तयार छु भन्ने जवाफ पाएको बताउनुभयो । जसपाको बिहीवार बसेको बैठकले राजनीतिक संकट समाधानका लागि संसदमा रहेका एमाले, काङ्ग्रेस र माओवादी केन्द्रसँग शीर्ष ५ नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थिय ्। सोही आधारमा आज प्रधानमन्त्री ओलीसँग छलफल गरेको हो । छलफलमा जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण थिए भने नेकपा (एमाले) बाट पार्टी अध्यक्ष उवम् प्रधानमन्त्री ओली, उप–महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, राजन भट्टराई लगायत नेताहरु सहभागी थिए। सत्ता साझेदारीकै लागि जसपाले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेको छ भने कांग्रेस सभापति देउवासँग भेट गर्ने जनाएको छ । सत्ता समिकरणमा ‘निर्णायक भूमिका’ मा रहेको जसपाले तीनवटै दलसँग आफ्ना सर्त अघि सारेको छ भने जसले माग पुरा गर्छ, उसैसँग मिलेर सरकार बनाउने बताउँदै आएको छ ।