काठमाडौँ,२३ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा कर्मचारी तथा सुरक्षाकर्मी खटाउने तयारी थालिएको छ । वैशाख ३० गतेका लागि मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट, अभिमुखीकरण, निर्वाचन प्रयोजनका सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी छ हजारभन्दा बढी जनशक्ति परिचालन गरिने भएको हो । […]