स्याङ्जा-१ का ४ मतदान केन्द्रमा पुन: मतदान गर्न एमालेको माग
५ मंसिर, काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा–१ को ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी छन् ।
आइतबार पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धनका कार्यकर्ताले बुथ कब्जामा लिएर आफूखुशी मतदान गरेको …
आफ्ना पार्टीका मतदान प्रतिनिधिलाई धम्काएर परिबन्धमा पारी अनधिकृत व्यक्तिको संलग्नतामा फर्जी मत हालेको आरोप लगाउँदै एमाले रूकुम पश्चिमले जिल्लाका सातवटा मतदान केन्द्रमा पुन: मतदानको माग गरेको छ ।
नेकपा एमालेले पुन: मतदान हुनुपर्ने भन्दै निर्वाचन आयोगसँग माग गरेको छ । केही बुथमा निर्वाचनविरोधी कार्य भएको भन्दै पुन: मतदान गर्नुपर्ने एमालेको माग छ ।
गोरखा : नेपाल कम्युनिष्ट पार्टी(एमाले) जिल्ला कमिटी गोरखाले गोरखाको निर्वाचन क्षेत्र १ र २ मा पुन: मतदान गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ।जिल्ला कमिटीले आइतबार भएको निर्वाचनमा गठबन्धन पक्षबाट अवान्छित क्रियाकलाप गरेको भन्दै यस्तो माग गरेको हो।मतदान केन्द्रमा मृतक,अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरेको एमाले जिल्ला कमिटीको आरोप छ।‘मतदान केन्द्रमा भएका निर्वाचन विरोधी क्रियाकलापको घोर भर्त्सना गर्दै उक्त क्रियाकलापप्रति नेकपा एमाले गोरखा असहमति जाहेर गर्दछ’,विज्ञप्तिमा भनिएको
इलाम : फाकफोकथुम गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर खत्री पौडेल विजयी भएका छन्। ७ मतले देउकुमार राई पराजित भएपछि एमालेले पुन मत गणनाको माग गरेको छ।एमाले चर्को नाराबाजी गरिरहेको स्थलगत रिपोर्टिङ गरिरहेका थाहाखबरकर्मी नमीन ढकालले जानकारी दिएका छन्। तनावको अवस्था सिर्जना भएपछि कडा सुरक्षा व्यवस्था गरिएको छ।