नेपाल आयल निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावलीअनुसार उपभोक्तालाई सरल र सहज ढंगले पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्ने भए पनि बैतडीमा सहजै पेट्रोलियम पदार्थ पाइँदैन । जिल्लामा सतबाज बजारनजिकै एउटा मात्र भण्डारी आयल स्टोर छ । त्यहाँ चाहिएको समयमा कहिल्यै पेट्रोल र डिजेल पाइँदैन । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयसँगै केही सरकारी कार्यालयका सवारीसाधनलाई मात्र उक्त आयल स्टोरले इन्धन सहजै दिन्छ । अन्य सवारीसाधनले कहिल्यै भनेको समयमा पाउँदैनन् ।