करोडौं रकम हिनामिना गर्ने शिव शिखरका बचतकर्तासँग सरकारले माग्यो पाउनुपर्ने रकमको विवरण

काठमाडौं । सरकारले सर्वसाधारणको ठूलो परिमाणको रकम अपचलन गर्ने शिव शिखर सहकारी संस्थाका बचतकर्तासँग पाउनु पर्ने रकमको विवरण मागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ३५ दिनभित्र मागदाबी के कति हो सो को आवेदन दिन भनेको हो । मन्त्रालयको मन्त्रीस्तरको गत भदौ २५ को निर्णयानुसार शिव […]

सम्बन्धित सामग्री

पोखरामा ७ सहकारी बचतकर्ताको विरोध प्रदर्शन (तस्बिरहरू)

पोखरा । पोखराका ७ सहकारी बचतकर्ताले प्रदर्शन गरेका छन् । बचत रकम हिनामिना भएको भन्दै पोखराका प्राइम, सूर्य दर्शन, मित्र मिलन, विन्ध्यवासिनी, इमेज, बलिदानी र शिव शिखर सहकारीविरुद्ध बचतकर्ताले पृथ्वी चोकमा प्रदर्शन गरेका हुन् । उनीहरूले बचतकर्ताको रकम अपचलनमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । उनीहरूले ‘हाम्रो समस्या समाधान गर्न आऊ जीवी, […]

११ अर्ब हिनामिनापछि समस्याग्रस्त घोषणा

सर्वसाधारणको करिब साढे ११ अर्ब रूपैयाँ निक्षेप रकम हिनामिना भएपछि सरकारले दुई सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिव शिखर र तुलसी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।...

शिवशिखर र सार्थक सहकारी पीडितलाई प्रहरीमा सम्पर्क गर्न आग्रह

रूपन्देही । बचतकर्ताको रकम हिनामिना गरेपछि बन्द रहेको बुटवलको योगिकुटीमा अवस्थित शिव शिखर सहकारी र तिलोत्तमाको मणिग्राममा अवस्थित सार्थक बहुउद्देश्यीय सहकारीका पीडितहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । सहकारीको बारेमा अनुसन्धान अघि बढेका कारण पीडितहरूले रकम जम्मा गरेको प्रमाणसहित इलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरिएको हो । तिलोत्तमा नगरपालिका–५ मणिग्राममा रहेको […]

शिव शिखर सहकारी संस्थाद्वारा ३१ करोड बढी रकम हिनामिना

डडेल्धुरा।  शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले डडेल्धुरामा मात्रै बचतकर्ताको ३१ करोड बढी रकम हिनामिना गरेको भेटिएको छ । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको र देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर सहकारीको डडेल्धुरा शाखाले मात्रै ३१ करोड १६ लाख ७१ हजार तीन सय १३ रकम हिनामिना गरेको भन्दै बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समक्ष उजुरी […]

सहकारी ठगी प्रकरणमा शिव शिखरका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

काठमाडौं । सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको छ ।  सीआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए । अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट लुकीछिपी बसिरहेका थिए । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ । बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सीआईबीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए । एक सूचना जारी गरी सीआईबीले भक्तपुरमा कार्यालय भई काठमाडौं, ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्यूरोमा सम्पर्कमा आउन बचतकर्तालाई अनुरोध गरेको छ । रासस

शिवशिखर र इमेज सहकारीविरुद्ध उजुरी दिन कास्की प्रहरीको आग्रह

पोखरा । शिव शिखर बहुउद्देश्यीय र ईमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ । कास्की प्रहरीले सूचना निकालेर सहकारी संस्थाका पदाधिकारीहरूले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले बचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो। सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, […]

६६ करोड ३१ लाखको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस

शिव शिखर सहकारी घोटलाको पहिलो चरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहकारीले मुलुकभरबाट एक लाख निक्षेपकर्ताको १४ अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको प्रहरीको दाबी...

शिव शिखर सहकारी ठगीमा थपिँदै उजुरी, ६१ करोड दावी सहित ९ सय जना प्रहरीकहाँ

काठमाडौं : शिव शिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा प्रहरीले थप एक जनलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले अमि राजभण्डारीलाई नियन्त्रणमा लिएको हो। बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि प्रहरीले सहकारीको ठगी प्रकरणमा माथि अनुसन्धान थालेको थियो। सीआईबीको टोलीले वैशाख २७ गते सहकारीका दुई…

शिव शिखर सहकारीले गर्‍यो एक लाख निक्षेपकर्ताको १४ अर्ब हिनामिना

२६ शाखा रहेको सहकारीका सञ्चालकले रकम हिनामिना गरेर चलाए तीन दर्जन कम्पनी महाराजगन्जस्थित राष्ट्रपति कार्यालयछेउमा रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालयमा केही दिनयता सर्वसाधारणको घुइँचो छ । न्याय माग्न प्रहरी कार्यालय धाउनेको...

सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गरेको अभियोगमा २ जना पक्राउ

सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गरेको अभियोगमा २ जना प्रहरीको फन्दामा परेका छन् । काठमाडौंको पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारीका निक्षेपकर्ताको  रकम हिनामिना गरेको अभियोगमा सुरज बस्नेत र शिव पाण्डेलाई  केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । सहकारीका सञ्चालक रहेका उनीहरुले आफूखुशी  सहकारी संस्थाको खातामा रकम नराखि आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखि १५ जना निक्षेपकर्ताहरुको छ करोड पच्चीस लाख ठगी गरेको ब्यूरोले जनाएको छ ।&nb