काठमाडौं, साउन १० । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले मंगलबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्।
उपप्रधानमन्त्री विमलेन्द्र निधिका अनुसार मंगलबार कांग्रेसबाट १० र माओवादीबाट ६ जना मन्त्रीहरु थपिनेछन् । मंगलबार नियुक्त भएका मन्त्रीहरुको मंगलबारै सपथग्रहण गराउने तयारी भएको बताइएको छ ।
कांग्रेस र माओवादीबीच साउन ४ गते भएको सहमति अनुसार, कुल ३० मन्त्रालयमा कांग्रेसको भागमा १३, माओवादीको भागमा ९ र फोरम लोकतान्त्रिकलाई ३ र नेकपा संयुक्तलाई एक मन्त्रालय बाँडिएको छ । बाँकी चार मन्त्रालय राप्रपा र साना दलका लागि छुट्ट्याइएको छ।