श्रीलंकालाई ६-० ले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग भिड्ने
साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब नेपाल सेमिफाइनलमा भारतसँग भिड्नेछ।
१२ फागुन, काठमाडौं । सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक-एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो […]
काठमाडौं । सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शन गरेपछि नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई पराजित गरेको छ । बिहीवार त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले हरायो ।
१५८ रनको विजयी लक्ष्य पछ्याएको कतारको आधा टोली लामिछानेको बलिङमा धराशयी बन्यो । ९.१ ओभर बलिङ गरेका लामिछानेले १४ रन खर्चिएर ५ विकेट लिएपछि कतार ८९ रनमै समेटियो । नेपालका लागि सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको नेपाल १५७ रनमै अलआउट भएको थियो । यो स्कोर जारी प्रतियोगितामा अहिलेसम्म नेपालले बनाएको सबैभन्दा कम हो । नेपालले उक्त स्कोरमा पुर्याउन लामिछानेले नै सर्वाधिक रन जोडेका थिए । उनले ५८ बलमा ४२ रन बनाएका थिए ।
जितसँगै नेपाल समूह ‘ए’को विजेता बनेको छ । प्रतियोगिताका ३ खेलमा जित र १ मा अंक बाँडेको नेपालको ४ खेलबाट ७ अंक बनेको छ । यो समूहबाट उपविजेता हुँदै ओमान पनि सेमिफाइनलमा पुगिसकेको छ ।
नेपालले सेमिफाइनलमा अर्काे समूहको उपविजेता कुवेतसँग खेल्नेछ । अर्को समूहबाट यूएई समूह विजेता बनेर सेमिफाइनल पुगेको छ।
काठमाडौँ – तेस्रो चरणको खेलमा भारतलाई १२–१० को स्कोरले पराजित गर्दै नेपालले सान्त्वना जित निकाले पनि एसिया रग्बी यु–१८ पुरुष सेभेन प्रतियोगितामा नेपाल समूह चरणमै सीमित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको खेलमा नेपालले भारतलाई हराउँदै नेपालमा आयोजना भएको प्रतियोगितामा पहिलो जित निकाले पनि अंकको आधारमा पछि पर्दै समूह चरणमा सीमित भएको हो। […]
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको खेलमा नेपालले भारतलाई हराउँदै नेपालमा आयोजना भएको प्रतियोगितामा पहिलो जित निकाले पनि अंकको आधारमा पछि पर्दै समूह चरणमा सिमित भएको हो।...
नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिसा कार्कीले दुई गोल गरिन् । त्यस्तै रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाही एक/एक गोल गरिन् । खेलको १०औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर
भारतलाई हराउँदै नेपाल श्रीलंकामा जारी १७ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स स्टेडियममा आज भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल समूह विजेताको रुपमा साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो।२५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीले गोल गर्दै अग्रता दिलाए पनि ४५ औं मिनेटमा सरोज दर्लामीले नेपालका लागि बराबरी गोल फर्काए।लगत्तै खेलको ४९ औँ मिनेटमा नेपालका युनिस बुढाथोकीले दोस्रो गोल गरेपछि खेलम
साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो ।कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । भारतले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै नेपालले जित निकालेको हो । नेपालको लागि खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालका लागि खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै टिमलाई १–१ गोलक
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब वाइवाइ डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा हेल्प नेपालले गल्कोटलाई ३–१ को सेटमा पराजत गर्दै समूह विजेता बनेको […]