सल्यान : व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी गर्न थालेका छन्। परम्परागत खेतीभन्दा कम मिहिनेत लाग्ने र आम्दानी पनि राम्रो हुने भएपछि जिल्लाका अधिकांश किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन् । सुन्तला खेतीबाट वार्षिकरूपमा राम्रो आम्दानी गर्न थालेको बागचौर नगरपालिका– ८ कोटमौलाका भरतनाथ योगीले बताए । ४५ रोपनीमा सुन्तला खेती गर्दै आएका योगीले गत वर्ष मात्रै २७ लाख आम्दानी गरे। यो वर्ष पनि शोही अनुपातमा आम्दानी हुने अनुमान गरेको उनले बताए। ‘केही सुन्तलाका बोटमा रोग