काठमाडौं : पछिल्लो दुई साता निरन्तर गिरावट आएको नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ। बिहीबार नेप्से सूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको हो।यस्तै, सेन्सेटिभ इण्डेक्स २.९३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंकले बढेको छ।बिहीबार कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर १ अर्ब १८ करोड ७१ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ। कारोबार रकमभने अघिल्लो दिनको भन्दा कम छ। बुधवार करिब डेढ अर्बको शेयर कारोबार भएको थियो।बिहीबार नेप्सेका १