राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, वार्षिक १०.५ % ब्याज

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २५ लाख कित्ता ऋणपत्र

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

जेठ २८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्रमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई विक्री गरिने र सोका लागि ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्कासनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा विक्री वितरण गरिएको हो । साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र विक्री गरिनेछ ।  उक्त ऋणपत्रको विक्री बन्द हुने ढिलो अवधि असार ८ गतेसम्म रहेपनि माागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द हुन लागेको कम्पनीले जानकारी गराएको हो । उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।  ऋणपत्र खरीदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।