विश्वकै सबैभन्दा धनी एलन मस्क त्यतिबेलासम्म उनी खुसी हुनेछैनन्, जबसम्म मानिसलाई मंगलग्रहसम्म पु¥याउन सक्नेछैनन् । उनले २०१६ मा यस्तो बताएका थिए, ‘हामीले त्यतिबेलासम्म खुसी मनाउन हुँदैन । जबसम्म हामी मंगलमा आफ्नो बस्ती बसाउन सक्दैछौं ।’
एक वर्षअघि अर्थात् जनवरी २०२० मा ब्लुमबर्गले तयार गरेको विश्वका धनाढ्यहरुको सुचीमा मस्क ३५ आंै नम्बरमा थिए । तर १० महिनामा उनले बिल गेट्सलाई पछि पारे, अहिले जेफ बेजोसलाई उछिनेर पहिलो नम्बरमा छन् ।
ब्लुमबर्गका अनुसार बिहीबार टेस्लाको शेयरको मुल्यमा ४ दशमलव ८ प्रतिशतले वृ...