काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्ने कुरा निकालेरमात्रै अघि बढ्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताउनुभयो । कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने मन्...