पाठ्यक्रममा विपद्का विषयवस्तु राख्न टास्क फोर्स बनाउँछौँ : प्राधिकरण

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विद्यालयको पाठ्यक्रममा विपद्का विषय कसरी समावेश गर्ने भन्नेबारे टास्क फोर्स बनाएर काम अघि बढाउने भएको छ।प्राधिकरणका सहसचिव अनिता निरौलाले यसका लागि गृहकार्य शुरु भइसकेको जानकारी दिएकी छन्। उनले भनिन्, ‘कस्ता विषयवस्तु पाठ्यक्रममा राख्ने भन्नेबारे छलफल पनि विज्ञसँग भइरहेको छ, विषय पहिचान गरी राखिनुपर्छ,’ उनले भनिन्।उनका अनुसार कक्षागत तहअनुसार विपद्‌बारे चेतनामूलक विषयवस्तु पाठ्यक्रममा समावेश गरिनेछ।