काठमाण्डाै - प्रदेश-१ सरकार गठन भएको तीन महिना पूरा भएको छ । तीन महिना बितिसक्दा पनि सरकारले गति लिन सकेको छैन ।
भएका मन्त्रालयहरू पनि खाली नै छन् । गठबन्धन दलहरूभित्र कुरा नमिल्दा सरकारका काम कारबाहीले पनि गति लिन सकेको छैन ।
यसबीचमै सरकारले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गरेको छ । हिजो बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश-१ को मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधनसहित पारित गर्यो तर आलोचनाको डरले सार्वजनिक गरेन् ।
सरकारले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्र...