डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। २ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा वैशाख ३० गते हुन गइरहेको चुनावको तयारी तीव्र भएको हो।डडेल्धुरामा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएको निर्वाचन अधिकारी करुणकर अवस्थीले जानकारी दिए।२१ अति संवेदनशील मतदान स्थलस्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन व्यवस्थापकीय सबै तयारी