दाङ - दाङमा तोरी बालीको उत्पादन बर्सेनि घट्दै गएको छ । खेती योग्य जमिन प्लटिङमा परिणत हुनु, प्राङ्गारिक मल र सिँचाइको समस्याका कारण उत्पादन घटेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । कुनै समय दाङमा उत्पादन भएको तोरी अरु जिल्लामासमेत खपत हुँदै आएकोमा अहिले दाङ नै परनिर्भर बन्दै गएको कृषि प्राविधिक माधव केसीले बताउनुभयो ।
स्थानीयले तोरीको तेलको साटो सूर्यमुखी र भटमासको तेल प्रयोग गर्न थालेका स्थानीय गीता विष्ट बताउनुहुन्छ । केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभर खान पुग्ने भए पनि पछिल्लो समय घरक...