जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेदवार बनाएको थियो । उनले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेदवार दीपेन्द्र ढकालले ४ मत ल्याए ।उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी भएकी छन् । उनले गठबन्धनकी उषा थापालाई हराएकी हुन् । ढकाल काँग्रेस र थापा माओवादीबाट उम्मेदवार थिइन् । ५ पालिका रहेको कास्कीमा एमालेले २ पालिकाको प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको थियो । काँग्रेस