नेपाल राष्ट्र बैंकले माघ ९ गते सूचना नै निकालेर क्रिप्टोकरेन्सीको कारोबार अवैधानिक रहेको भन्दै नेपालमा बसोबास गर्ने स्वदेशी वा विदेशी नागरिक र विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई समेत भर्चुअल करेन्सीको कारोबार नगर्न आग्रह दियो । कारोबार गरेको प्रमाणित भए प्रचलित कानूनअनुसार कारबाही हुने चेतावनीसमेत दियो ।जतिबेला नेपालको केन्द्रीय बैंकले यस्तो चेतावनी दिएको थियो, त्यतिबेला नेपाल प्रहरीले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालिसकेको थियो । प्रहरीले सोही समयम